नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुपबिच सम्झौंता
काठमाडौं, चैत ८
नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेश ग्रुप अफ हसिपटालिटीबिच सम्झौंता भएको छ । नेपाल एसबिआई बैंकका सम्पुर्ण डेविट कार्ड बाहक तथा योनो नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका २१ वटा आउटलेटहरुमा छुट प्रदान गर्ने सम्झौंता भएको छ ।
सम्झौता अनुसार ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउने छन् । उक्त सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमूख संचालन अधिकृत यादवेन्द्र कान्त, प्रमूख व्यवसाय प्रर्वधन अधिकृत रितेश अर्याल, सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रवन्धक नृपेश श्रेष्ठ तथा बैंकका बरिष्ठ प्रतिनिधिको उपस्थितीमा सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।