ग्लोवल मनी वीक २०२४ को अवसरमा समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता

ग्लोवल मनी वीक २०२४ को अवसरमा समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता

काठमाडौं, चैत ८

ग्लोवल मनी वीक–२०२४ को अवसरमा समृद्धि फाईनान्सले वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ । फाइनान्सले चैत्र सात गते बुधवारको दिन जनकपुर शाखा, खरेन्द्रपुर शाखा, इटहरी शाखा र औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो जानकारी दिएको छ ।

प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर भन्ने मूल नाराका साथ जनकपुर शाखा बाट मोडल कलेज, जनकपुर–४का बि.बि.ए फस्ट सेमेस्टारका ५० जना विद्यार्थीलाई, खरेन्द्रपुर शाखाबाट क्वालिटी एजुकेसनका ४० जना युवा, ईटहरी शाखा बाट सिमरवन राधा कृष्ण महिला समूहका २५ जना महिलालाई र औरही शाखाबाट बिजुलपुर बजार का २० जना स्थानीय वासिन्दालाई वित्तिय साक्षरता दिईएको थियो। अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो । ग्लोवल मनी वीक २०२४ को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरु बाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमापनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

फाईनान्सले हालल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यसबाहेक आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको जानकारी फाईनान्सले दिएको छ ।