राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप उपकरणको बिक्री गर्नै

राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप उपकरणको बिक्री गर्नै

 

काठमाडौं, चैत ८

 

नेपाल राष्ट्र बैंकले आज बिहिबार ५० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्नै भएको छ ।  चैत आठ गते अर्थात आज बिहिबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

परिपक्व हुुने अवधि १४ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती चैत २२ गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । 

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।