१५ अंकले घट्दा चार अर्ब ३१ करोडको कारोबार

१५ अंकले घट्दा चार अर्ब ३१ करोडको कारोबार

काठमाडौं, चैत ८


सेयर बजार घटेर राताम्मै देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से १५ दशमलव ३७ अंकले घटेर दुई हजार ४८ दशमलव ५७ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६१ अंकले घटेर तीन सय ६५ दशमलव ४२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ५२ हजार तीन सय १७ पटकको कारोबारमा एक करोड ८५ लाख ५२ हजार सात सय पाँच कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ३१ करोड ३० लाख १७ हजार सात सय १३ रुपैंयाँ पुगेको छ । 


नेप्सेमा आज १३ वटा समुहको सेयर कारोबार हुँदा टे«डिङ समुहको सुचक १८ दशमलव ५२ अंकले बढेपनि बाँकी समुहहरुको सुुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ४० अंकले घटेर एक हजार ९० दशमलव ९७ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि १८ दशमलव २४ अंकले घटेर चार हजार ४४ दशमलव ५९ अंकमा झरेको छ । यसैगरी फाईनान्स समुहको सुचक पनि तीन दशमलव ३३ अंकले घटेर १९ सय ६९ दशमलव ८५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २१ दशमलव शुन्य सात अंकले घटेर २४ सय ८५ दशमलव ४४ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव १६ अंकले घटेर १० हजार तीन सय ९० दशमलव ९८ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ८९ दशमलव ८० अंकले घटेर १० हजार छ सय ६४ दशमलव ५६ अंकमा झरेको छ । होटल तथा पर्यटन, लगानी, उत्पादमुलक, सामुहिक लगानी कोष, लघुवित्त र अन्य समुहको सुचक पनि आज घटेका छन् । 


आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा धौलागिरी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेड परेको छ । बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने माछापुच्छ«े  बैंकको संस्थापक सेयर परेको छ ।