सन नेपाल लाईफद्धारा वित्तीय साक्षरता प्रदान

सन नेपाल लाईफद्धारा वित्तीय साक्षरता प्रदान

काठमाडौं, चैत ९


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वित्तीय साक्षरता प्रदान गरेको छ । कम्पनीको सहायक कम्पनी सन लाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा  बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले यहि चैत सात र आठ गते क्रमश चण्डी आदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट, ललितपुर र मल्पि इन्टरनेस्नल कलेज, चक्रपथ, काठमाण्डौमा  वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 


कम्पनीका अनुसार चैत सात गते चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराईयो । साथै सहभागि विद्यार्थीहरुको  वित्तीय बजार र  धितोपत्र बजार  सम्बन्धि सम्पूर्ण जिज्ञाशाहरु स्पष्ट गरेको छ ।


 


कम्पनीका अनुसार २०८० चैत्र ८ गते मल्पि इन्टरनेस्नल कलेज, चक्रपथ, काठमाण्डौमा बिबिए आठौं सेमेष्टरका विद्यार्थीहरुलाई बिमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र  वित्तीय बजार, धितोपत्र बजारमा केन्दी«त हाजिरी जवाफ प्रतियोगिता क्वीक क्वीज मेनिया ग्लोवल मनी वीक २०२४ आयोजना गरियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । सनलाइफ क्यापिटल लि. धितोपत्र बोर्डबाट स्विकृत प्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ  ।