सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण

सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण

काठमाडौं, चैत ९


सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत्र ४ गतेबाट संचालन भएको ‘१२ औं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०८०’ को चैत्र ९ गते समापन गरेका हुन ।  


प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा महानिरीक्षक अर्यालले विजयी टिम तथा खेलाडीहरुलाई शिल्ड, प्रमाण–पत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।  महानिरीक्षक अर्यालले प्रतियोगिता संचालनमा सहयोग पु¥याउनुहुने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरुलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । 

 


महानिरीक्षक अर्यालले राज्यप्रदत्त महत्वपूर्ण जिम्मेवारीका अतिरिक्त खेलकुद क्षेत्र विकासका लागि संगठनले आफ्नो स्थापना कालदेखि नै बिभिन्न खेलकुद गतिविधिहरु निरन्तर रुपमा संचालन गर्दै आईरहेको बताउँदै प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने विभिन्न खेलकुद संघ संस्था, प्रशिक्षक, अफिसियल तथा महानुभावहरुप्रति आभार प्रकट गरे ।


उहाँले खेलकुदले संगठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउँदै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुले उच्चस्तरको अनुशासनसहित उत्कृष्ट खेल कला प्रदर्शन गर्दै आफ्नो प्रतिभामा निखारपन ल्याउन यस्ता प्रतियोगिता फलदायी रहने विश्वास व्यक्त गरे ।  


आज सम्पन्न लनटेनिस प्र्रतियोगिताको पुरुष एकलतर्फको खेलमा प्रदिप खड्काले रितिक रानालाई   ६–४, ३–६ र ६–० ले, भने महिला एकलतर्फ अभिलासा विष्टले माहिका राणालाई ६–२ र ६–४ ले पराजित गरी उपाधी जितेका थिए । त्यसैगरी मिक्स डबलमा रितिक राना र अभिलासा विष्टको जोडिले प्रदिप खड्का र माहिका राणाको जोडिलाई ६–४, २–६ र १०–६ ले पराजित गरी उपाधी जितेका थिए ।


यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाहीले भिष्मजंग गुरुङ्गलाई ६–३ र ६–० ले र ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ ईलुम दिक्षित र जितेन्द्र परियारको जोडिले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडिलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि जितेका छन् । ४५ वर्ष भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले र ४५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ कमल बहादुर भण्डारी र उत्तम शेर्पाको जोडिले देगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडिलाई ६–३ र ७–५ ले पराजित गरी उपाधि जितेका छन् ।


यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा विमल वाईबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले र ५५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ बिमल वाईबा र हिमाल शाहको जोडिले कमल थापा र छम्बा ढुण्डुपको जोडिलाई ६–३ र ६–४ ले पराजित गरी उपाधि जितेका छन् । ६५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा कमल थापाले मनोज राणालाई ४–१ र ४–२ ले र इन्टर गभरमेन्ट डबलतर्फ उत्तम बोगटी र अमित गुरुङ्गको जोडिले बिक्रम गुरुङ्ग र चन्द्र बहादुर थापाको जोडीलाई  ६–२, २–६ र १०–७ ले पराजित गरी उपाधि जितेका छन् ।


११ वटा इभेन्ट्समा कुल १ सय ६२ जना सहभागी रहेको प्रतियोगिताका खेलहरु नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट हल्चोक र दशरथ रंगशालास्थित लनटेनिस कोर्टमा संचालन भएका थिए ।


कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल, नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा लगायत बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।