सबैको लघुवित्तद्धारा “वित्तीय सचेतना र्‍याली सम्पन्न

सबैको लघुवित्तद्धारा “वित्तीय सचेतना र्‍याली सम्पन्न


काठमाडौं, चैत १२


सबैको लघुवित्त वित्तीय संस्थाले ग्लोवल मनी वीक–२०२४ वित्तीय सचेतना र्‍याली सम्पन्न गरेको छ । तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको संस्थाले आफ्ना पाँच जना युवा महिला ग्राहक सदस्यहरु, चितवन जिल्ला भरतपुर महानगरपालिका२० भिमनगर स्थित भिमनगर माध्यमिक विद्यालयका कक्षा ११ र कक्षा १२ मा अध्ययनरत ४४ जना विद्यार्थीहरु, दुई जना शिक्षक, तीन जना संस्थाको ज्योतिनगर शाखाका कर्मचारीहरु, दुई जना संस्थाको पर्सा शाखाका कर्मचारीहरु, १३ जना संस्थाको केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरु, अधिकृत स्तरिय कर्मचारीहरु, अन्य सम्पूण कर्मचारीहरु, १ जना भरतपुर महानगरपालिका२६ का वडा सदस्य, भरतपुर महानगरपालिका चनौली स्थित इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मीहरु गरी ६८ जनाको सहभागितामा चितवन जिल्लाको भिमनगरबाट चनौलीबजार, वसन्तचौक हुँदै लाहुरेचौकसम्म “वित्तीय सचेतना र्‍याली” सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेललले जानकारी  दिए । 


स्थानीय बालबालिकाहरु तथा युवाहरुलाई लक्षित गरी जनचेतना जगाउने हेतुले प्ले कार्ड सहित र्‍याली निकालिएको थियो । ग्लोबल मनि वीक मनाउँछौं मनाउँछौं, आजको बचत भोलिको सुरक्षा, फजुल खर्च रोक्छौं रोक्छौं मितब्ययी बन्छौं बन्छौं, औपचारिक बैंक तथा वित्तीय संस्थासँग मात्र कारोवार गरौं कारोवार गरौं, रेमिटेन्स पठाउँदा बैंकिङ च्यानलको प्रयोग गरौं प्रयोग गरौं, नोट सँधै सफा र सुरक्षित राखौं सफा राखौं, बजारमा आर्थिक कारोवार गर्दा स्वदेशी मूद्राको मात्र प्रयोग गरौं, रेमिटेन्सलाई उत्पादन क्षेत्रमा लगाऔं, बैंकसँगको नाता, हरेक नेपालीको बैंक खाता, कर्जाको सहि सदुपयोगिता गरौं सदुपयोगिता गरौं, विदेशको कमाईलाई आर्थिक विकासमा लगाऔं, वित्तीय शिक्षा हासिल गरौं हासिल गरौं, आजको आवश्यकता– युवालाई वित्तीय साक्षरता आदि विभिन्न वित्तीय सचेतनामूलक प्लेकार्ड सहित चितवन जिल्लाको भिमनगर माध्यमिक विद्यालयबाट चनौलीबजार हुँदै वसन्तचौक लाहुरेचौकसम्म र्‍यालीले बजार परिक्रमा गरेको थियो ।


र्‍यालीको अन्त्यमा वित्तीय सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको योजना तथा रिसर्च विभागका विभागीय प्रमुख सूर्य बहादुर बस्नेतले बचतको महत्व, विमाको महत्वको बारेमा जानकारी गराएका थिए । भरतपुर महानगरपालिका२६ का वडा सदस्य प्रकाश सुवेदिले फजुल खर्च नगर्न, बचतको फाइदा, बचतको शक्ति, थोरै थोरै बचाएर स्नातक स्नातकोत्तरका पढ्नका लागि पैसा बचाउन, बाबा आमालाई सहयोग गर्न, फजुल खर्च नगर्न, थोरै थोरै पैसा बचाएर बचेको रकम शेयरमा लगानी गर्न, समृद्ध बन्न जानकारी गराएका थिए । भरतपुर महानगरपालिका२० भिमनगर स्थित भिमनगर माध्यमिक विद्यालयका शिक्षक श्री नवराज रेग्मीले आफ्नो मन्तब्यको क्रममा विद्यार्थीहरु तथा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका युवा ग्राहक सदस्यहरुलाई बैंकमा खाता खोल्न, बचत गर्न, बचतका फाइदा, बचतका उपायहरु, शेयरमा लगानी गर्न जानकारी गराएका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृतले भरतपुर महानगरपालिका२६ का वडा सदस्य प्रकाश सुवेदीलाई, भरतपुर महानगरपालिका२० भिमनगर स्थित भिमनगर माध्यमिक विद्यालयका शिक्षक नवराज रेग्मीलाई तथा भरतपुर महानगरपालिका१८ चनौली स्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक हवल्दार सोम गुरुङ्घलाई मायाको चिनो प्रदान गरेका थिए ।

 

 
र्‍यालीको अन्त्यमा वित्तीय सचेतना कार्यक्रमको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री केशब कुमार पौडेलज्यूले कार्यक्रममा सहभागीहरुलाई वित्तीय साक्षरताको महत्व, बचतको महत्व, बचत गर्ने उपायहरु, युवा अवस्थादेखि नै बचत गर्न, फजुल खर्च नगरी बचत गर्न, बचतले पूँजी निर्माणको काम गर्ने, ससानो बचत रकमले भोलि ससानो ब्यवसायमा लगानी गर्न सघाउ पुग्ने, थोरै थोरै रकम बचाई शेयरमा लगानी गर्न आदि बारेमा जानकारी गराएका थिए ।  


संस्थाले २०७४ आषाढ ३० गतेदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनिसंस्थाका प्रमुख कार्यकारी अधिकृत श्री केशब कुमार पौडेलले जानकारी गराएका थिए । उक्त वित्तीय सचेतना कार्यक्रमको सञ्चालन संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले गरेका थिए । संस्थाले हाल ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, पाँच वटा सुपरीवेक्षण मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९७ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आई रहेकोछ । यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकता अनुसार लगानी गर्दै आई रहेकोछ । संस्थाले २०८० फाल्गुण मसान्तसम्ममा ७० हजार ६२९ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाको २०८० फाल्गुण मसान्तसम्ममा लगानीमा रहेको कर्जा चार अर्ब १६ करोड ७३ लाख ६९ हजार ३३ रहेको छ भने ग्राहक सदस्यहरुबाट एक अर्ब १७ करोड बचत परिचालन गरेको छ ।