एन आई सी एशिया बैंकद्वारा बीमा वापत एक करोड २० लाख रुपैंयाँ भुक्तानी

एन आई सी एशिया बैंकद्वारा बीमा वापत एक करोड २० लाख रुपैंयाँ भुक्तानी

काठमाडौं, चैत १३


एन आई सी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत रहेर बीमा दावी भुक्तानी गरेको छ । बैंकका अनुसार २०८० आषाढ १८ देखि फाल्गुण १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालाहरूलाई प्रतिव्यक्ति १० लाखको दरले जम्मा एक करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरिएको हो । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।


बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोल्नु भएकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोल्नु भएका चक्र बहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोल्नु भएकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्य प्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोल्नु भएका विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत एवं काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनही १० लाख  प्रतिव्यक्तिका दरले कुल ७० लाख रुपैंयाँ रकम प्रदान गरिएको हो । ति लाभग्राहीहरूले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरिएको कम्पनीको भनाई छ । त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोलेका तेज बहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेश बहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेका कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोल्नु भएका कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनही १० लाख रुपैंयाँ प्रतिव्यक्तिका दरले कुल ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो ।


बैंकको बीमा सहितको निक्षेप योजनाहरू अन्तर्गत हालसम्म छ हजार तीन सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुपैैंयाभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको बैंकको भनाई छ । जसमध्ये घातक रोग बीमा वापत ३३ बढीलाई तीन  करोड ५० लाख रुपैंयाँ भन्दा बढी, दुर्घटना बीमा वापत २६ बढीलाई दुई करोड ६० लाख बढी र मेडिकल बीमा वापत छ हजार तीन सय दुई भन्दा बढीलाई आठ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको छ । बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा चार जनालाई पाँच वर्षको लागि ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आकर्षक ब्याजदर, पाँच वर्षसम्म ८४ लाख रुपैंयाँसम्मका तीन वटा बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन वटा कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त ८४ लाख बराबरको आकर्षक बीमा फाइदा अन्तर्गत ४० लाख रुपैंयाँ बराबरको दुर्घटना बीमा, ४० लाख रुपैंयाँ बराबरको घातक रोग बीमा र चार लाख रुपैंयाँसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले तीन लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म बीमा लाभ प्राप्त गर्न सक्ने छन् ।


एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । बैंकले मुलुकभर तीन सय ६० वटा शाखा कार्यालयहरू, छ सय ७० वटा एटिएम, एक सय १६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६१ करोड रुपैंयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।