१० अंकले बढ्दा दुई अर्ब ३५ करोडको सेयर कारोबार

१० अंकले बढ्दा दुई अर्ब ३५ करोडको सेयर कारोबार

काठमाडौं, चैत १३


नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार १० दशमलव १४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० अंकमा चढेको छ । क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले बढेर तीन सय ६१ दशमलव ६३ अंकमा चढेको छ ।नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ४९ हजार पाँच सय १२ पटकको कारोबारमा ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन रुपैंयाँ पुगेको छ ।  


नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा जीवन बीमा समुहको सुचक १९ दशमलव २० अंकले घटेर १० हजार दुई सय ७१ दशमलव ५२ अंकमा झरेको छ भने फाईनान्स र टे«डिङ समुहहरुको सुचक पनि घटेका छन् । यि बाहेकका बाँकी समुहहरुको सुचक भने बढेका छन । सो मध्ये बााणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ४९ अंकले बढेर एक हजार ७८ दशमलव शुन्य नौं अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ३९ दशमलव शुन्य चार अंकले बढेर २४ सय ९६ दशमलव ५० अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि दुई दशमलव १३ अंकले बढेर १० हजार पाँच सय ८४ दशमलव पाँच अंकमा चढेकोमा बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् । 


आज दोल्ती पावर कम्पनी लिमिटेडले बढी कमाएको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाले बढी गुमाएको छ । शिवम सिमेन्टको भने आज बढी रकम कारोबार भएको छ ।