सिटिजन लाइफ इन्स्योरेन्सद्वारा गार्गी कन्या गुरुकुललाई तीन लाख रुपैंयाँ सहयोग

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा गार्गी कन्या गुरुकुललाई तीन लाख रुपैंयाँ सहयोग

काठमाडौं, चैत १४

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गार्गी कन्या गुरुकुललाई तीन लाख रुपैंयाँ सहयोग गरेको छ । बैंकका अनुसार उचित शिक्षा एवं रहन सहन को वातावरण बनाइ विदुषी नारी तयार गरी आत्मानिर्भर एवंम स्वाबलम्बी बनाउने उधेश्यले श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठान द्वारा बिगत २०६८ साल देखी स्थापना भइ चितवन जिल्लाको देवघाटमा  गार्गी कन्या गुरुकुल सन्चालन हुँदै आएको छ ।

यो गुरुकुल नेपालकै पहिलो समावेशी गुरुकुल हो जहाँ नेपालको बिभिन्न ठाउँ देखी हरेक समुहका महिला छात्राहरुलाई बिना कुनै भेदभाव कक्षा ६ देखी १२ सम्म नेपाल सरकार को सरकारी पाठ्यक्रम अनुसार अध्यापन गराइन्छ साथै संस्कृत विषय को पनि अध्यापन गराइन्छ र निशुल्क भोजन्, आवासको पनि व्यवस्था रहेको छ ।

गरीबी जस्ता विभिन्न कारणले समाजबाट उत्पिडन खेप्नु परेका सोही बालिकाहरुलाई समाजमा शिक्षित एवंम सम्मान रुपमा स्थापित गराउने श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानको पवित्र उधेश्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पनि सङ्गसङ्गै उभिएको छ । आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै क्र्पोरेट सेल्स हेड रिता पाठकद्धारा गार्गी कन्या गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष डा. मन काफ्ले साथै सल्लाहकार भागवती कुमार काफ्लेलाई तीन लाख रुपैंयाँको चेक हस्तान्तरण गरिएको थियो । सिटिजन लाइफको यस सहयोगले श्री गार्गी कन्या गुरुकुललाई विद्यालय सञ्चालन गर्न केहि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।