नेप्सेमा १० अंकले गिरावट

नेप्सेमा १० अंकले गिरावट


काठमाडौं, चैत १४


नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार १० दशमलव ८३ अंकले घटेर दुई हजार ३० दशमलव ८६ अंकमा सिमित भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ पनि दुई दशमलव १७ अंकले घटेर तीन सय ५९ दशमलव ४६ अंकमा सिमित भएको छ । 


नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ४४ हजार दुई सय ४९ पटकको कारोबारमा ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार पाँच सय ३४ रुपैंयाँ कायम भएको छ । 


नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा उत्पादनमुलक सामान्य अंकले बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचक पनि घटेका छन् । 


नेप्सेमा आज सर्वोत्तम सिमेन्टले सबै भन्दा धेरै कमाएको छ भने कालिका लघुवित्त वित्तीय संस्थाले सबै भन्दा धेरै गुमाएको छ । शिवम सिमेन्टको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।