नेपाल वित्त कम्पनी संघको धितो मुल्याङ्कनका अभ्यास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल वित्त कम्पनी संघको धितो मुल्याङ्कनका अभ्यास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, चैत १५

नेपाल वित्त कम्पनी संघको आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा लिने धितो घरजग्गा मुल्याङ्कनका अभ्यासहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको पुल्चोक, ललितपुर स्थित गुहेश्वरी भवनमा आयोजित उक्त कार्यक्रममा विश्व बैंकका भुमी विज्ञ डेनिलो आर आन्टानियोले धितो मुल्याङ्कनका अभ्यासहरुका बारेमा  मन्तव्य राखेका थिए । काठमाण्डौ विश्व विद्यालयका प्राध्यापक डा. सुवास घिमिरेले नेपालमा हाल भैरहेको घरजग्गा मुल्याङ्कनका अभ्यासहरु र सुधारका उपायहरुको बारेमा चर्चा गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संस्थाले हाल धितो मुल्याङ्कनको महत्व र यसका लागि अपनाएका प्रक्रियाहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल वित्त कम्पनी संघका परमर्शदाताहरु, धितो मुल्याङ्कनकर्ताहरु, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स का सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी, विभागिय प्रमुखहरुका साथै संस्थाका अन्य कर्मचारीहरुको समुपस्थिति रहेको थियो ।