नेप्सेमा सामान्य अंकले बृद्धि

नेप्सेमा सामान्य अंकले बृद्धि

काठमाडौं, चैत १५


अघिल्लो दिन घटेको नेप्से आज बिहिबार भने सामान्य अंकले बढेको छ । नेप्से आज चार दशमलव ७८ अंकले बढेर दुई हजार ३५ दशमलव ६४ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३६ अंकले घटेर तीन सय ५९ दशमलव शुन्य नौं अंकमा खुम्चिएको छ ।


नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ५३ हजार छ सय १९ पटकको कारोबारमा ६६ लाख १४ हजार चार स ४५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ रुपैंयाँ पुगेको छ ।  


नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ३६ अंकले घटेर एक हजार ७० दशमलव ६० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६९ दशमलव ८१ अंक १० हजार चार सय ५२ दशमलव ८४ अंकमा झरेको छ । यसैगरी होटल तथा पर्यटन, लघुवित्त र ट्रेडिङ समुहको सुचक पनि घटेका छन् ।

बिकास बैंक समुहको सुचक भने छ दशमलव ५१ अंकले बढेर तीन हजार नौं सय ६० दशमलव ७४ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि आठ दशमलव शुन्य आठ अंकले बढेर २४ सय ९५ दशमलव २२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २९ दशमलव ३० अंकले बढेर १० हजार दुई सय १९ दशमलव ३६ अंकमा पुगेकोमा फाईनान्स, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।


नेप्सेमा आज हिमालयन ऊर्जा बिकास कम्पनीले सबैभन्दा बढी कमाएको छ भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । सर्वोत्तम सिमेन्टको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।