गरिमा विकास बैंकको प्रमुख कार्यकारीमा अधिकृतमा उपाध्याय

गरिमा विकास बैंकको प्रमुख कार्यकारीमा अधिकृतमा उपाध्याय

काठमाडौं, चैत १५

गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध् याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको बुधबारबसेको सञ्चालक समितिको ३०४औं बैठकले उपाध्यायलाई १ वैशाख २०८१ देखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उपाध्याय सोही बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत छन् । १५ वर्षदेखि कम्पनी सचिव र ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा उनी कार्यरत थिए । बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनी अध्यापन पेशामा संलग्न थिए । १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा सकिने भएपछि बैंकले उपाध्यलाई नयाँ प्रमुख कार्यकारीको जिम्वेवारी सुम्पिएको हो ।

बैठकले बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई १५ चैत २०८० देखि लागु हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गरेको छ ।