होन्डाको नयाँ बर्षको अफर सार्वजनिक

होन्डाको नयाँ बर्षको अफर सार्वजनिक

काठमाडौ चैत १५ 

स्याकार टेडिङ्ग कम्पनि प्रालि अन्र्तगत होण्डाकारले नयाँ वर्षको लागि अफर सार्वजानिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम ल्याएको हो । 

अफरअन्र्तगत २० प्रतिशत डाउनपेमेन्ट, १० दशमल ४९ प्रतिशत ब्याजदर, एक आर्थिक बर्षको टयाक्स फ्रि, एक आर्थिक बर्षको फुल ईन्सुरेन्स र आकर्षक नगद छुट रहेका छन् । साथै रोडसाईड असिस्ट पनि फ्रि दिने कम्पनीले घोषणा गरेको छ । यो अफर २०८१ बैशाख ३१ गतेसम्मका लागि मान्य हुने कम्पनीले जानकारी दिएको छ ।