रिलायन्स फाइनान्स र स्टार हस्पिटलबिच सम्झौंता

रिलायन्स फाइनान्स र स्टार हस्पिटलबिच सम्झौंता

काठमाडौं, चैत १६

रिलायन्स फाइनान्स लिमिटेड र स्टार हस्पिटल लि. का विचमा स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा रिलायन्स फाइनान्स लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र स्टार हस्पिटलको तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले हस्ताक्षर गरेका हुन ।

यस सम्झौता अन्र्तगत रिलायन्स फाइनान्स लिमिटेडका समस्त ग्राहकवर्ग, शेयरधनी तथा कर्मचारीहरुले स्टार हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवामा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन । 
नेपाल राष्ट्र बैकबाट “ग” बर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६÷०८÷१० मा प्राप्त गरी मिति २०६६÷०८÷१८ बाट संस्थाको केन्द्रीय कार्यालय प्रदर्शनीमार्गबाट आफनो कारोबार शुरु गर्दै आएको यस संस्थाले हाल का.म.न.पा. १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालय संचालन गरेको छ । संस्थाले न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही,  मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरि जम्मा २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।

संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ संस्थाका ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागु गरि आकर्षक व्याज प्रदान गर्दे निक्षेप संकलन गर्दे आएको छ ।