बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, चैत १६
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा जिरी नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने ४१ वर्षीय शिव बहादुर खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा २ दिन कैद र ९ लाख ९० हजार रूपैयाँ जरिवाना तथा क्षतिपुर्ति बापत पीडित राहत कोषमा ३९ हजार ६ सय रूपैयाँ जम्मा गराउने फैसला ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको छ ।