आगोले जलेर मृत्यु

आगोले जलेर मृत्यु

डोटी, चैत १६

शिखर नगरपालिका–४ सेलफुङ्गा बस्ने ४१ वर्षीया चन्द्रा देवी भण्डारीको सोही ठाउँस्थित पातालीसैन सामुदायिक वनमा बिहीबार दिउँसो लागेको आगोमा जलेर मृत्यु भएको छ । 
वनमा सिंचाई योजनाको कुलो खन्ने क्रममा वनमा लागेको आगोले जलेर गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।