१७ किलो ५०० ग्राम गाँजासहित एक जना पक्राउ

१७ किलो ५०० ग्राम गाँजासहित एक जना पक्राउ

रौतहट, चैत १७ 

फतुवाबिजयपुर नगरपालिका–११ भैसही टोल बस्ने ६३ वर्षीय दयालाल पैसवानलाई अवैध लागूऔषध गाँजा १७ किलो ५ सय ग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पैसवानले आफ्नै घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी दुधिअवाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।