हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, चैत १७ 

हातहतियार मुद्दाका फरार प्रतिवादी सिरहा कल्याणपुर नगरपालिका–८ बस्ने ३१ वर्षीय मोहमद लालु खान भन्ने लालु खानलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७९ कात्तिक ३० गतेको फैसलाले हातहतियार मुद्दामा खान समेतलाई ३ वर्ष कैद र ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।