छानविन प्रतिवेदनलाई मान्दैन भन्नु अराजकताको उदाहरण हो ः अध्यक्ष शर्मा

छानविन प्रतिवेदनलाई मान्दैन भन्नु अराजकताको उदाहरण हो ः अध्यक्ष शर्मा

काठमाडौं, चैत १८

गैर आवासीय नेपाली संघ (एनआरएनए) को शर्मा समूहका अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदन मान्दैन भन्नु खेदजनक रहेको बताएका छन् । अध्यक्ष शर्माले सरकारी निकायले गरेको छानविनलाई मान्दैन भन्नु अराजकताको उदाहरण भएको पनि बताए। उनले सरकारी संयन्त्रबाट भएको छानविन पछि प्राप्त निष्कर्षको आधारमा एनआरएनएलाई अगाडी बढाउनु पर्ने बताए ।

एनआरएनएको ११ औं महाधिवेशनमा गराइएको अनलाइन निर्वाचनमा  डा. बद्री केसी समूहले धाँधली गरेको भन्दै समानान्तर समिति गठन गरेका शर्माले सरकारले बनाएको छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे । महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधीवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा गठन भएको समितिले नेपाल सरकारलाई प्रतिवेदन बुझाइ सकेको छ । प्रतिवेदनको निष्कर्ष खण्डमात्रै सार्वजनिक हुँदा निर्वाचन प्रक्रियामै त्रुटि देखिएको उल्लेख छ । सोही कुरालाई आधार मान्दै शर्माले प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

संस्थालाई एक बनाउनका लागि प्रतिवेदन कार्यान्वयन गर्न जरुरी रहेको पनि उनको भनाई छ । प्रतिवेदन अहिले परराष्ट्र मन्त्रालयहुँदै प्रधानमन्त्री कार्यालयमा पुगेको छ । प्रतिवेदनको केही अंश सार्वजनिक भएपछि केसी समूहका अध्यक्ष बद्री केसीले छानविन समितिको प्रतिवेदन एकतर्फीरुपमा आएको प्रतिक्रिया दिएका थिए।

“छानबिन समितिको प्रतिवेदन  एउटा समूहलाई मात्रै लागू हुने त होइन होला?“ शर्माले प्रश्न गरे। उनले सीबीआइको रिपोर्टले बाँसवारी छालाजुत्ता उद्योगको जग्गा फिर्ता आउने, ललिता निवासको जग्गा सरकारीकरण हुने अनि एनआरएनएको विषयमा आएको छानविन रिपोर्ट नै नमान्ने भन्ने कुरा नैतिक र कानूनी दुवै दृष्टिले मान्य नहुने बताए । 

“अब प्रतिवेदन कार्यान्वयन गरेर एनआरएनएलाई एक बनाउने बेला आएको छ,“ शर्माले भने।  उनले  विनोद कुँवरले नेतृत्व गरेको समूहलाई पनि साथमै लिएर   एकता महाधिवेशन गर्नु पर्नेमा जोड  दिए । अहिले कर्मथलो कतारमा रहेका शर्माले नेपाल फर्किएर राजनीतिक तहमा छलफल अघि बढाउने बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने पनि जानकारी दिए ।  
भएर आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ ।”

संघका अध्यक्ष डा बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मलम लगाउन पाएको बताए ।