आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्सद्धारा बीमा अभिकर्ताको तालिम सम्पन्न

आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्सद्धारा बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडौं, चैत १८

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड कम्पनीले यही चैत्र १३ देखि १६ गतेसम्म बीमा अभिकर्ताकोरुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।

उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जनाव्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाटप्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा सहित अभिकर्ता तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । 

यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम निर्जीवन बीमा गर्नका लागि ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा लिएको कम्पनीले जानकारी दिएको छ ।