कीर्तिपुरमा आइडिया सेयरिङ कार्यक्रम सम्पन्न

कीर्तिपुरमा आइडिया सेयरिङ कार्यक्रम सम्पन्न

काठमाडौं, चैत १८

कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुर जोशीननीमा लोकसेवाको तयारी कसरी प्रभावकारी गर्ने भन्ने विषयमा शनिवार आइडिया सेयरिङ कार्यक्रमको आयोजना गरेको छ । करियर कोच विकास बोहोराले सहभागीहरुलाई लोक सेवाको परिक्षा र अन्य परिक्षामा के कस्तो फरक रहेको बताउँदै तयारी गर्नका लागि टिप्स समेत दिएका थिए।

कीर्तिपुर स्वंयसेवक समाजका अध्यक्ष सुधन सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहभागी र बिज्ञलाई धन्यवाद ज्ञापन समाजका उपाध्यक्ष अमन महर्जनले गरेका थिए भने कार्यक्रमको संयोजन महर्जनले गरेका थिए ।

युवाहरुमा भएको ज्ञान सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न वि.सं २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन आदि क्षेत्रहरुमा निरन्तर काम गर्दै आइरहेको छ ।