चलचित्र ’मीराः स्याडो अफ अ रेन्बो’ का पोस्टर सार्वजनिक

चलचित्र ’मीराः स्याडो अफ अ रेन्बो’ का पोस्टर सार्वजनिक

sf7df8f}+, r}t !*

नेपाली चलचित्र ’मीराः स्याडो अफ अ रेन्बो’का दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अटिजम ९ अस्वाभाविक सजग मानसिक  स्थिति र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको छ।

चलचित्रमा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा रहेको छ। पोस्टरमा प्रयोग गरिएको रङ्ग संयोजनले पनि चलचित्रको थिम बताउँछ । अनेकौँ आकाँक्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने चलचित्रकी लेखक, निर्देशक तथा प्रमुख अभिनेत्री अनिता पण्डितले बताइन् ।

“नेपाली चलचित्र उद्योगमा एक प्रकारको जोस सहित चलचित्रबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दाहरूको वकालत गर्ने मेरो उद्देश्य छ,“ पण्डितले बताइन् । केही दिनमा चलचित्रको ट्रेलर रिलिज गर्ने र केही लक्षित दर्शकहरूलाई विशेष प्रिमियर शोहरूको आयोजना गर्ने तयारीमा रहेको उनले बताइन् । हल रिलिजको लागि पनि चलचित्र तयार रहेको बताउँदै अनिताले उपयुक्त मिति हेरी रिलिज गर्ने जनाइन् । 

यस चलचित्रमा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बालकलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। आश्वि फिल्मसले यो चलचित्र निर्माण गरेको हो ।