एकैदिन १७ अंकले घट्यो नेप्से

एकैदिन १७ अंकले घट्यो नेप्से

काठमाडौं, चैत १८

नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १७ दशमलव ३० अंकले घटेर दुई हजार १८ दशमलव ३३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५१ अंकले घटेर तीन सय ५६ दशमलव ५८ अंकमा पुगेको छ । 

नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ६७ हजार ४४ पटकको कारोबारमा ७९ लाख ५७ हजार छ सय ५९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब २० करोड ५३ लाख ३२ हजार तीन सय २४ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा निर्जीवन बीमा समुहको सुचक १३ दशमलव १३ अंकले बढेको छ भने भने बाँकी समुहहरुको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुुचक पाँच दशमलव ७७ अंकले घटेर एक हजार ६४ दशमलव ८२ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुुचक पनि ४३ दशमलव ५६ अंकले घटेर तीन हजार नौं सय १७ दशमलव १७ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि १२ दशमलव शुन्य छ अंकले घटेर एक हजार नौं सय १५ दशमलव ५४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि दुई दशमलव १९ अंकले घटेर २४ सय ९३ दशमलव शुन्य तीन अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय दुई दशमलव शुन्य पाँच अंकले घटेर १० हजार एक सय १७ दशमलव ३० अंकमा पुगेको छ भने होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज मायाँ खोला हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाएको छ भने सर्वोत्तम सिमेन्ट कम्पनीले सबैभन्दा बढी गुमाएको छ । सबै भन्दा बडी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि आज सर्वोत्तम सिमेन्ट परेको छ ।