मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, चैत १८ 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित भोटेकोशी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको बकैया गाउँपालिका–६ ठुलोसुधा बस्ने सन्दिप बोम्जनकी छोरी ८ वर्षीया पूर्णिमा बोम्जन सोही ठाउँस्थित बाघ भैरब सामुदायिक वनको सुधा भिर तल शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

काठमाडौं महानगरपालिका–३१ प्रयागमार्ग चोक नजिक गल्लीको बाटोमा सोही ठाउँ बस्ने उदयपुर गाईघाट रातोपानी घर भएका  २६ वर्षीय बिक्रम राई शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, टोखा नगरपालिका–३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

पाल्पाको तिनाउ गाउँपालिका–२ खुर्साने बस्ने ७२ वर्षीया प्रेम कुमारी घर्ती सोही ठाउँ स्थित भिरको रूखमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबार खुर्साने बजार जान्छु भनी हिँडेकी उनी घर नफर्किएकोले खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।