आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, चैत १८ 

अर्घाखाँचीको सितगंगा नगरपालिका–७ दमारबेसी बस्ने प्रदिप गाहाको घरमा शनिबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । उनकै ५ वर्षीया छोराले लाइटर खेलाउने क्रममा आगलागी भएको बुझिएको छ । 

बाराको करैयामाई गाउँपालिका–८ बेलाही टोल बस्ने जहिर खाउ पैठान, महम्मद खाउ पैठान र तसलिम खाउ पैठानको कच्ची घरमा शनिबार बेलुकी आगलागी हुँदा ३ जनाको घर जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ रांगेल बस्ने ५६ वर्षीय काजी शेर्पाको घरमा शनिबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।