आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा क्यास ब्याक र पुरस्कारहरू जित्ने मौका

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा क्यास ब्याक र पुरस्कारहरू जित्ने मौका

काठमाडौं, चैत १९

नेपालको पहिलो डिजिटल वालेटआइएमईपे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी “जेट सेटरिवार्ड“ नामक अफर ल्याएको छ । यो  अफर अन्तर्गत आइएमई पे एपमार्फत  अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा सत् प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।
यहि चैत ६ देखि जेष्ठ मसान्त सम्म तीन महिनाको लागि चल्ने सो अफरका तीन जना  भाग्यशाली विजेताको नाम
आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने छ ।

यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको सत् प्रतिशतसम्म क्यास ब्याक पाउनेछन् । दोस्रो विजेताले द लेकसाइड रिट्रिट– पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् । 

यसको साथै  आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले  हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।