अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

रूपन्देही, चैत १९

सिद्धार्थनगर नगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित गडहवा गाउँपालिका–३ बस्ने २३ वर्षिय रियाजुदिन मुसलमानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।