होण्डाले नेपाली बजारमा भित्र्यायो एन.एक्स–२००

होण्डाले नेपाली बजारमा भित्र्यायो एन.एक्स–२००

काठमाडौं, चैत १९

दुईपाङ्ग्रे सवारीसाधनमा नेपालमा सर्वाधिक विक्रीहुने होण्डाले आफ्नो नयाँ बाईक एन.एक्स–२०० नेपाली बजारमा भित्र्याएको छ । एन.एक्स–२०० बाईकलाई सिटी राइडिंग र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ । 

यसको ’अप–राइट पोजिशन’ र टायरको ’टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्दछ । एन.एक्स–२०० मा उपलब्ध ’वाइण्ड भाइजर’ र ’एलईडी विङ्कर’ सहितको ’नकल कभर’ ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाईकलाई झनै आकर्षक बनाएको छ । ’लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्ने गरि चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एन.एक्स–२०० को अरु थप उल्लेखनिय बिशेषता हुन् ।

एन.एक्स–२०० मा रहेको ’फ्रन्ट ए बी एस सिस्टम’ र ’डूअल पेटल डिस्क ब्रेक’ले तपाईलाई दिनेछ यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावस्यक हुन्छ । ’पीजीएम एफआई सिस्टम’ले इन्धनको वचत गर्दै एकोहोरो जिन्दगीबाट पर कतै उमङ्ग खोज्न निस्कने भरपुर शक्ति पनि तपाईंलाई अवस्य दिनेछ । 

यसको शक्तिशाली ट्वर्क क्षमताले तपाईंलाई सहरी सयर सहज र लामो अफ्टेरो यात्रा पनि रोमाञ्चक लाग्ने छ । १० बर्ष सम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङ्गहरुमा उपलब्ध एन.एक्स–२००  को सुरुवाती विक्री मूल्य ४,७९,९०० मात्र तोकिइएको छ ।  कम्पनीले एन.एक्स–२०० को औपचारिक बिक्री वितरण यहि चैत्र १५, २०८० बाट सुरु गरिसकेको छ । होण्डाका सम्पूर्ण आधिकारिक विक्रेता कहाँ गइ या होण्डाको आधिकारिक वेबपेजमा गइ आजै ल्ह्द्दण्ण्को खरिद या बुकिङ्ग पनि गर्न सकिनेछ ।