छ अंकले घट्यो नेप्से

छ अंकले घट्यो नेप्से

दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए
काठमाडौं, चैत १९
नेप्से घटेको छ । अघिल्लो दिन १७ दशमलव तीन अंकले घटेको नेप्से आज सोमबार पनि छ दशमलव २६ अंकले घटेर दुई हजार १२ दशमलव शुन्य सात अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९१ अंकले घटेर तीन सय ५५ दशमलव ६६ अंकमा खुम्चिएको छ ।

नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ६३ हजार १६ पटकको कारोबारमा ७२ लाख ९० हजार दुई सय कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार तीन सय पाँच रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको सेयर कारोबार हुँदा होटल तथा पर्यटन र टे«डिङ समुहको सुचक बढेका छन भने बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ३१ अंकले घटेर एक हजार ६० दशमलव ५१ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १३ दशमलव ६६ अंकले घटेर २४ सय ७९ दशमलव ३७ अंकमा झरेको छ । जीवन बीमा समुहको सुुचक पनि १५ दशमलव ९१ अंकले घटेर १० हजार एक सय एक दशमलव ३८ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव २० अंकले घटेर १० हजार चार सय २३ दशमलव ७७ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेर रातै भएका छन् । 

नेप्सेमा आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य बढेको छ भने रिभरफल्स पावर लिमिटेडको सेयर मुल्य घटेको छ । सर्वोत्तम सिमेन्टको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।