चाँदीको तयारी गहनासहित एक जना नियन्त्रणमा

चाँदीको तयारी गहनासहित एक जना नियन्त्रणमा

काठमाडौं, चैत २०

मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ बाहुनीबाट चैत १७ गते सशस्त्र प्रहरीले ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ बर्षिय बिजय खत्रीलाई १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेश बाहुनीले नियन्त्रणमा लिएको हो ।

प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाईकल सवार उनले लुकाई छिपाई लैजादै गरेको अवस्थमा उनलाई १२ केजी २ सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो । 

पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा ५ केजी ७ सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको सुरक्षा फौजले बरामद गरेको थियो । उनी सवार उल्लेखित मोटरसाइकल समेत सशस्त्र प्रहरीले बरामद गरेको छ ।

 

बरामद चाँदीको गरगहना तथा मोटरसाइकलसहित खत्रीलाई चैत १९ गते सोमबार आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ ।