बिश्व बैंकले भन्यो,

बिश्व बैंकले भन्यो,

काठमाडौं, चैत २०

आर्थिक बर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ, जसलाई पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले मुख्य रुपमा डोर्‍याएको हुनेछ । विश्व बैंकले अर्धवार्षिक रुपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार विपे्रषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोग समेत बढ्नेछ ।

‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक बर्ष २०२५ मा थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । यद्यपि यो प्रक्षेपण बहुचुनौतिसहितको छ, जसमध्ये भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरुको सुस्त वृद्धि पर्दछ, जसका कारण विपे्रषण र पर्यटनमा गिरावट आउन सक्ने उल्लेख छ । त्यसका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुनेछ, जसले मध्यकालीन वृद्धिलाई सहायता पुर्याउनेछ । 

“पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण छन्” माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले भने । 

नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रुपमा तयार गरिएको हो, जसले दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र दृष्टिकोणको परीक्षण र मुलुकहरुले व्यहोर्नुपरेका नीतिगत चुनौतिहरुको विश्लेषण गर्छ । ‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको अप्रिल २०२४ को यस संस्करणले विश्वका कुनै पनि उदाउँदा बजारहरु र विकासशील मुलुकहरुमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ, जुन् सन् २०२४ मा ६ प्रतिशत र सन् २०२५मा ६.१ प्रतिशत हुने अनुमान गरिएको छ । तर प्रतिवेदनले यो दृष्टिकोण(अनुमान) झुक्काउने खालको पनि हुन सक्ने जनाएको छ ।

धेरै मुलुकहरुको वृद्धि अझै पनि महाव्याधि पूर्वको तहभन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनुपरेको छ । यसै समय, सबै दक्षिण एसियाली मुलुकहरुमा निजी लगानी वृद्धिमा सुस्तता आएको छ र यस क्षेत्रले तिव्र रुपमा बढ्दो काम गर्ने उमेरको जनसंख्याका लागि पर्याप्त जागिरहरु सिर्जना गर्न सकेको छैन । 
“आफ्नो जनसांख्यिक लाभलाई पूर्ण रुपमा उपयोग गर्न दक्षिण एसिया अहिले असफल भएको छ । यो अवसर गुमेको छ” दक्षिण एसियाका लागि विश्व बैंकको प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्न्सोर्जले भनिन्  “यदि यो क्षेत्रले अन्य उदाउँदा बजारहरु र विकासशील अर्थतन्त्रहरुले जस्तै आफ्नो काम गर्न योग्य उमेर समूहको ठूलो जनसंख्यालाई रोजगार बनाउन सकेको भए त्यसको नतिजा १६ प्रतिशतभन्दा बढी हुन सक्थ्यो । ” 

तिव्र रोजगारी सिर्जना गर्न र वृद्धिलाई बढावा दिन साउथ एसिया डेलभपमेन्ट अपडेटले केही नीतिगत सुझावहरु पनि दिएको छ, जस अन्तर्गत व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरुको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण रहेका छन् । यी उपायहरुले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीको लागि आधार तयार गर्न सहयोग पुर्याउने उल्लेख छ । 

 

 

 

 

l:y/ ahf/ d"Nosf] cfwf/df jf:tljs hL8LkL j[l4-k|ltztdf_

 

k|If]k0fdf ;+:ff]wg cS6f]a/ @)@# b]lv -k|ltztdf_

 

d'n'sx?sfcfly{s jif{

 

Sofn]G8/ aif{df cfwfl/t

 

@)@@

@)@# -cg'dflgt_

@)@$-k|If]lkt_

@)@%-k|If]lkt_

 

@)@$-k|If]lkt_

२०२५ (k|If]lkt_

blIf0f Pl;of If]q-ckmuflg:tfg afx]s_

%=&

^=^

^=)

६.१

 

०.४

०.३

dflNbE;

hgj/Lb]lv l8;]Da/

!#=(

$=)

४.७

५.२

 

-०.५

- ०.३

>Ln+sf

hgj/Lb]lv l8;]Da/

-&=#

-@=#

२.२

२.५

 

०.५

०.१

cfly{s aif{df cfwfl/t

 

@!÷@@

२२/२३ 

-cg'dflgt_

@#÷@$-k|If]lkt_

@$÷@%-k|If]lkt_

 

@#÷@$-cg'dflgt_

@$÷@%-k|If]lkt_

aª\unfb]z

h'nfO{b]lv h'g

&=!

%=*

५.६

५.७

 

०.०

- ०.१

e'6fg

h'nfO{b]lv h'g

$=*

$=^

४.९

५.७

 

०.९

१.१

ef/t

clk|nb]lv dfr{

(=&

&=)

७.५

६.६

 

१.२

०.२

g]kfn

dWo h'nfO{b]lv dWo h'nfO{

%=^

!=(

३.३

४.६

 

- ०.६

- ०.४

kfls:tfg

h'nfO{b]lv h'g

^=@

-)=@

१.८

२.३

 

०.१

०.०