श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

तेह्रथुम, चैत २० 

आफ्नै श्रीमती ५४ वर्षीया सुबास कुमारी लिम्बुको हत्या गरेको अभियोगमा म्याङलुङ नगरपालिका–६ सुर्के बस्ने ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

दिपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।