सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, चैत २०
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुर महांकाल गाउँपालिका–३ बस्ने २७ वर्षीय सरोज घलेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
२०७३ चैत ११ गते प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमाले भन्ने स्थानमा बा. ८ च १५६१ नम्बरको स्कार्पियो जिप दुर्घटना भई दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको सवारी ज्यान मुद्दामा फरार रहेका जिपका चालक घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाइएको छ ।