रोकिएन नेप्सेको निरन्तरको गिरावट

रोकिएन नेप्सेको निरन्तरको गिरावट

काठमाडौं, चैत २०

नेप्सेको निरन्तरको गिरावटले साताले तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन छ दशमलव २६ अंकले घटेको नेप्से आज पुन एक दशमलव ८५ अंकले घटेर दुई हजार १० दशमलव २१ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ५३ प्रतिशतले बढेर तीन सय ५६ दशमलव २० अंकमा पुगेको छ ।  

नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको ४६ हजार दुई सय ३५ पटकको कारोबारमा ६१ लाख ३१ हजार छ सय २१ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य समुहको सुचक घटेका छन भने फाईनान्स, जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र टेडिङ समुहको सुचक बढेका छन् । 

नेप्सेमा आज किसान लघुवित्त वित्तीय संस्थाले बढी कमाएको छ भने ज्योति बिकास बैंकको ऋणपत्र बढी गुमाउने कम्पनीहरुको सुचीमा परेको छ । गोर्खाज फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।