अभिनेता प्रदीप खड्कालाई अमेरिकामा भब्य स्वागत

अभिनेता प्रदीप खड्कालाई अमेरिकामा भब्य स्वागत

काठमाडौं, चैत २१

अभिनेता प्रदीप खड्का यतिबेला अमेरिकामा छन । यता चलचित्र पुजार सार्कीको छायांकन सकेर प्रदिप अमेरिका पुगेका हुन् । प्रदिपसंग अहिले चलचित्रको कमि भने छैन । उनको आगामी चलचित्र “ऐरी“ र “पिताम्बर’ हो र यी चलचित्र केहि महिना भित्र नै फ्लोरमा जाने पनि निर्माण पक्षहरुले बताएका छन ।  
यति बेला प्रदिप आगामी चलचित्रको तयारी गर्नुपर्ने बेलामा आखिर उनि अमेरिका किन पुगे त ? यो सबैको चासोको बिषय पनि बनेको छ । प्रदिप अमेरिका चलचित्र कै लागि हो कि व्यक्तिगत प्रभण यो भने उनले खुलाएका छैनन तर प्रदिपलाई अमेरिकामा भने भब्य स्वागत गरिएको छ ।

प्रदिपलाई अमेरिकामा बस्दै आएका निर्माता एबम प्रोडक्सन डिजाईनर  कृष्ण कोईराला र अमेरिका बस्दै आएका नेपाली चलचित्रलाई माया गर्ने सफल व्यवसायी  “स्पाईसि लाईफ “ का संचालक प्रकाश श्रेष्ठ एबम छायाकार पवन गौतम तथा नेपाली कार्यक्रमहरु र अमेरिकामा ईभेन्टहरु आयोजना गर्ने कलाप्रेमीहरु दिनेश वन र शुशान तिवारीले अमेरिकाको मेरी ल्याण्ड राज्यको रियो शहरमा प्रदीपको भब्य स्वागत गरेका थिए । 

नेपाली कला र चलचित्रलाई माया गर्दै अमेरिकाको बिभिन्न राज्यहरुमा नेपाली कार्यक्रम आयोजना गर्ने आयोजकहरु  दिनेश वन र शुशान तिवारी, एबम निर्माण प्रोडक्सन डिजाईनर कोईरला, छायाँकार पवन गौतमले प्रदीपलाई अमेरिकाको मेरिल्याण्ड , भर्जिनिया, वाशीङ्ग्टन डिसी, लगायतका स्थानहरुमा घुमाई नेपाली चलचित्रको बजार र चलचित्र नगरीको बारेमा भलाकुसारी गरेको बताए मेरिल्याण्ड राज्यमा “स्पाईसि लाईफ “नामक रेष्टुरेन्ट संचालक गर्दै आएका सफल व्यवसायी प्रकाश श्रेष्ठले ।

आगामी दिनमा नेपाल आएर सिनेमा बनाउने योजना बनाएका प्रोडक्सन डिजाईनर कोईरालाले नेपाली चलाचिरको अवस्थाको बारेमा प्रदिप सँग कुराकानी पनि गरेका थिए । कोईराला केहि महिनामा  नेपाल आएर चलचित्रको तयारी गर्ने पनि बताएका छन । 

प्रदिप अमेरिकामा एक्लो भने गएका हैनन् उनि संग चलचित्र “ऐरी“ का निर्देशक जीवन थापा पनि संगै छन । अब यसरी पनि सोच्न सकिन्छा कि के  ऐरी“ को अमेरिकामा पनि छायांकन हुने हो ?