मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, चैत २१ 

सर्लाहीको बागमती नगरपालिका–४ बस्ने ७० वर्षीया पार्वती कुमारी महतो आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।