राष्ट्र बैंकले सार्वजनिक गर्यो

राष्ट्र बैंकले सार्वजनिक गर्यो

काठमाडौं, चैत २१

नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ (दोस्रो संशोधन २०८०) सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंकले उक्त विनियमावली सार्वजनिक गरेको हो ।  

विनियमावली अन्र्तगत राष्ट्र बैंकले कुनै कुनै पनि बैंक तथा वित्तीय संस्था र सम्पती सुद्धीकरण सम्वन्धी बिषयमा समेत स्थलगत र गैरस्थलगत सुपरीवेक्षण गर्न सक्ने व्यवस्था रहेको छ । सो अनुसार स्थलगत निरीक्षण अन्र्तगत विभागले बैंक वा वित्तीय संस्थामा निरीक्षण टोली पठाई बैंक वा वित्तीय संस्थाको उच्च व्यवस्थापन र अन्य व्यवस्थापकीय क्षेत्रहरु जस्तै–अन्तरनिहित जोखिम तथा जोखिम व्यवस्थापन, कोष व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि, कर्जा व्यवस्थापन, निक्षेप व्यवस्थापन, वित्त व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासन लगायतका क्षेत्रहरु समेटिने गरी समष्टिगत स्थलगत निरीक्षण कार्य गर्न सक्ने उल्लेख छ ।

यसैगरी लक्षित निरीक्षण अन्र्तगत बैंक वा वित्तीय संस्थाको समग्र जोखिम विवरण (रिस्क प्रोफाइल) को आधारमा उच्च जोखिम देखिएका क्षेत्रहरू, गैरस्थलगत सुपरिवेक्षण इकाई, प्रतिवेदन कार्यान्वयन इकाईबाट पहिचान भएका विषयहरू वा विभागले मनासिब ठानेका कुनै विशेष क्षेत्र वा कारोवारका लागि विभागले लक्षित निरीक्षण कार्य गर्न सक्नेछ ।

राष्ट्र बैंकका अनुसार विशेष निरीक्षण अन्र्तगत भने गैर–स्थलगत सुपरिवेक्षण, प्रतिवेदन कार्यान्वयन इकाई, सार्वजनिक सञ्चार माध्यम, विभिन्न सरकारी एवम् अन्य निकायहरुको अनुरोध÷निर्देशन÷आदेश, उजुरी एवम्अन्य श्रोतबाट प्राप्त जानकारीको आधारमा कुनै बैंक वा वित्तीय संस्थामा निक्षेपकर्ताको हित विपरित कार्य भइरहेको वा अनियमितता भइरहेको वा बैंक वा वित्तीय संस्था सुचारू रूपले सञ्चालन नभएको वा सर्वसाधारणलाई गलत सूचना प्रवाह गरिरहेको वा जोखिम विवरण (रिस्क प्रोफाईल) मा अप्रत्यासित परिवर्तन भएको भन्ने विभागले महसुस गरेमा त्यस्तो बैंक वा वित्तीय संस्थाको जोखिमका क्षेत्रहरु समेटी विशेष निरीक्षण कार्य गर्न सक्नेछ । यस्तो निरीक्षण आकस्मिक रुपमा पनि गर्न सकिने छ ।

यसैगरी अनुगमन निरीक्षण अन्र्तगत स्थलगत निरीक्षण तथा गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा औंल्याइएका कैफियतहरुको सुधार गर्न दिईएका निर्देशनहरुको कार्यान्वयनको सम्बन्धमा बैंकवा वित्तीय संस्थाले पेश गरेको कागजात प्रति विभाग विश्वस्त हुन चाहेमा वा विभागले अनुगमन निरीक्षण आवश्यक ठानेमा बैंक वा वित्तीय संस्थामा गई वा विस्तृत विवरण वा सूचनाहरू विभागमा झिकाई अनुगमन निरीक्षण कार्य गर्न सक्नेछ ।

राष्ट्र बैंकका अनुसार गैर–स्थलगत सुपरिवेक्षण ः विभागले बैंक वा वित्तीय संस्थाहरुबाट प्राप्त सूचना, जानकारी एवम्विवरणहरुको आधारमा गैर–स्थलगत सुपरिवेक्षण गर्नेछ । यस अन्र्तगत सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षणको व्यवस्थाः सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी विषयको निरीक्षण तथा सुपरिवेक्षणको कार्य तोकिएको कार्यक्षेत्र तथा कार्य विवरणको अधिनमा रही सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले गर्नेछ । उक्त कार्य गर्दा महाशाखाले छुट्टै तययपिष्त बनाई लागू गर्न सकिने विनियमावलीमा उल्लेख छ ।