थामिएन सेयर बजारको ओरालो यात्रा

थामिएन सेयर बजारको ओरालो यात्रा

काठमाडौं, चैत २१

तीन दिनदेखि लगातार घट्दै आएको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि घटेको छ । नेप्से आज तीन दशमलव ४३ अंकले घटेर दुई हजार छ दशमलव ७८ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४३ अंकले घटेर तीन सय ५५ दशमलव ७७ अंकमा खुम्चिएको छ । नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको ५२ हजार ६५ पटकको कारेबारमा ६४ लाख ८१ हजार आठ सय ३४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार नौं सय ८६ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य र टे«डिङ समुहहरुको सुचक घटेका छन् भने जीवन बीमा, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुुचक बढेका छन् ।

नेप्सेमा आज गुराँस लघुवित्त वित्तीय संस्थाले बढी कमाएको छ भने रिभर फल्स पावर लिमिटेडले बढी गुमाएको छ । सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।