लगातार पाँचौं दिन पनि घट्यो नेप्से
काठमाडौं, चैत २२
नेप्से लगातार पाँचौं कारोबार दिन पनि घटेको छ । आईतबारदेखि घट्दै आएको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि दुई दशमलव ७३ अंकले घटेर दुई हजार चार दशमलव शुन्य पाँच अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले घटेर तीन सय ५५ दशमलव ४२ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय दुई वटा कम्पनीहरुको ५६ हजार तीन सय २१ पटकको कारोबारमा ६९ लाख ६३ हजार छ सय ५९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार तीन सय सात रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहकको सुचक घटेका छन् भने फाईनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र टे«डिङ समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य सबैभन्दा उच्च अंकले बढेको छ भने पिपुल्स पावर लिमिटेडको सेयर मुल्य उच्च अंकले घटेको छ । शिवम सिमेन्टको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।