करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

रौतहट, चैत २२ 

गरूडा नगरपालिका–३ मलाही टोल बस्ने ४० वर्षीय मनोज सहनीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा नयाँ मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
।