सामसङको नयाँ वर्ष अफर सार्वजानिक

सामसङको नयाँ वर्ष अफर सार्वजानिक

काठमाडौ चैत २३

सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैलाई’ अफर सार्वजानिक गरेको छ । यस अफर अन्र्तगत ग्राहकहरूले, टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुटप्राप्त गर्न सक्नेछन् । 

यस्तै शुन्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट पनि सहज रूपमासामसङ टिभी फ्रिज र वाशिङ मेसिनको खरिद गर्न सकिनेछ । यो विशेष छुट अफर आगामी जेठ २ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । कम्पनीले नयाँ वर्षको अफरमा कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी,फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको छुट दिएको छ।

यस्तै आफ्नो नागरिकता पेस गरी ग्राहकहरुले ५५ ईन्च वा त्यो भन्दा ठुलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सकिनेछ । इनस्टा फाइनान्स सेवामार्फतईएमआइ १८ महिनाको अवधिमा तिर्ने विकल्प पाईने कम्पनीले जनाएको छ । यस्तै ४३ ईन्च वा सो भन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तिर्न १२ महिनाको अवधि पाउने छन्। यस्तै कम्पनीले टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको छ ।

यसको साथै कुनै पनि सामसङ टिभीको खरिद सँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षकछुट पाउन सक्नेछन् । यस्तै ७५ ईन्च भन्दा ठुलो क्रिस्टल् युएचडीटिभी खरिद गर्दा साउण्डबार सित्तैमा पाउनेछ भने ए.यु.७७००मोडलका ५५ ईन्च र ६५ ईन्चयुएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८÷१२८) मोबाइल फोनमा ५ हजार रुपैयाँ छुट पाईने कम्पनीले जनाएको छ । सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ । 

सामसङले एआई इकोबबल फ्रन्टलोड वा टप लोड वाशिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरुमा क्यासब्याक पाउने र एक्सचेन्जको सुबिधा उपलब्ध गराएको छ । सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआइटि मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गरेको जनाएको छ । सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरुले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्ने छन् ।