हातहतियार बरामद

हातहतियार बरामद

रूकुम पश्चिम, चैत २३ 

बाफिकोट गाउँपालिका–१ कुवाखोलास्थित ओडारबाट भरूवा बन्दुक २ थान, भरुवा बन्दुकको नाल १ वटा, भरूवा बन्दुकमा प्रयोग हुने बारूद ५ सय ग्राम र छर्रा १ किलो बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम र प्रहरी चौकी पिपलबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त ओढारमा लुकाई छिपाई राखेको उक्त हातहतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।