अनु चौधरी र हसन राईको ’यि आँखालाई ’ सार्वजनिक

अनु चौधरी र हसन राईको ’यि आँखालाई ’ सार्वजनिक

काठमाडौं, चैत २५

चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ’यि आँखालाई ’ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ ।

केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ । भिडियोलाई म्युजिक जक्सन नेपालको यु ट्युब च्यानलबाट रिलिज गरिएको हो ।

 

लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा लागेका गायक हसन राईको यस अघि पनि धेरै गीतहरु सार्वजनिक भैसकेका छन् । 


भिडियो लिंक

https://youtu.be/v1v385i9q9g?si=yue7ihXDIxDrPMDi