शिवाकोटीको अध्यक्षतामा एमाले मजदुर विशेष जिल्ला कमिटी निर्विरोध

शिवाकोटीको अध्यक्षतामा एमाले मजदुर विशेष जिल्ला कमिटी निर्विरोध

काठमाडौं, चैत २४

नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौं अधिवेशनले तुलसी शिवाकोटीको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । शनिबार राति अबेर सम्पन्न आठौं जिल्ला अधिवेशनले पाँच पदाधिकारीमध्ये उपाध्यक्षमा किरण माली, सचिवमा सुमनप्रसाद पराजुलीलाई निर्वाचित गरेको छ । त्यसैगरी दुई उपसचिवमा महिलातर्फ विजया खड्का र खुलातर्फ शालिग्राम सुवेदीलाई निर्वाचित गरेको छ ।

आठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष शिवाकोटी र सचिव पराजुलीले कार्यथलो कार्यथलो पुगेर सदस्यता वृद्धि गर्दै संगठित हिसाबले जिल्ला कमिटीलाई अगाडि बढाउने र आगामी ३ वर्षमा जिल्ला कमिटीमध्ये मजदुर विशेष जिल्ला कमिटीलाई उत्कृष्ट जिल्ला कमिटी बनाउने बताएका छन् ।

अधिवेशनले महिला, युवा, समग्र, जुगकाटेमयु, होटल, यूनिट्राभ, यातायात, अटो, क्यूपेक, स्वरोजगार, नेभा, स्वास्थ्य, सुरक्षा, बाप्सु, सफाई, इम्प्रशन स्पोर्टस, उपत्यकाका कामपा सहित उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुरका विभिन्न नगरसहितका प्रतिनिधिलाई समेटेर सदस्यहरु निर्वाचित गरेको छ । सदस्यहरुमा रञ्जु थापा, गंगा नकर्मी, गीता लामिछाने, कुमारी घिमिरे, कल्पना आचार्य, अनुपा अर्याल, उदास श्रेष्ठ, निमप्रसाद बराल कोपिला मैनाली, रमा गजुरेल, हरिभक्त अर्याल, शारदा धिमाल, विदुर प्रसाद भट्टराई, अमर बहादुर तामाङलाई निर्विरोध चयन गरेको छ ।

त्यसैगरी शंकर थापा, विष्णु लामा, प्रदिप घिमिरे, कीर्तिनिधि विष्ट, यमकली तामदामी, पूर्णप्रसाद देवकोटा, नानीमैया बस्नेत, मिना गुरुङ डंगोल, राजेन्द्र सिंह ठकुरी, भैरव कुमार श्रेष्ठ, चन्द्र सागर लामा, इश्वर बहादुर दुवाडी, कृपा कार्की, रोशन शाही, टेक नारायण यादव, डाक बहादुर राउत, टेक बहादुर पौडेल, मालती महत थापा, प्रकाश बस्नेत सदस्य रहेका छन् । अरु सदस्यमा दिवाकर पोखरेल, रामकुमार ढुंगाना, शिव कुमार श्रेष्ठ, बिल बहादुर कार्की, यादव प्रसाद ढकाल, मञ्जु ज्ञवाली, कुमार प्रसाद ढुंगाना रहेका छन् ।

अधिवेशनले बाबुराम कोइरालाको अध्यक्षतामा ५ सदस्यीय लेखा कमिटी पनि निर्वाचित गरेको छ । लेखा कमिटीको उपाध्यक्षमा शंकर घिमिरे, सचिवमा साजन श्रेष्ठ र सदस्यहरुमा रञ्जु जोशी र शारदा जैशी शर्मा रहेका छन् । 

एमालेले वैशाख १० गते नयाँ रहस्य खोल्ने छः उपमहासचिव रिमाल 

नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटन गर्दै नेकपा (एमाले)का उपमहासचिव एवं नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का संरक्षक विष्णु रिमालले २०८१ वैशाख १० गते एमालेले सबैसामु नयाँ रहस्य खोल्ने बताएका छन् । उपमहासचिव रिमालले एमालेले गोदावरीमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्ने र त्यसको तेस्रो दिन विशेष समारोह गर्ने बताए । त्यो समारोह रहस्यपूर्ण रहने उनले बताए । उपमहासचिव रिमालले भने, ‘महाधिवेशन प्रतिनिधि परिषद् बैठक लगत्तै तेस्रो दिन विशेष समारोह गरिनेछ । समारोह रहस्यपूर्ण रहनेछ ।’

समारोहबारे थप विषय राख्दै उनले भने, ‘वैशाख १० गते अर्थात् २२ अप्रिलको दिन नेकपा स्थापनाको ७५ औं स्थापना दिवस समारोह अर्थात् हिरक महोत्सव मनाइरहेको बेला विशेष कार्यक्रम गर्नेवाला छौं । त्यो विशेष कार्यक्रमले नेकपा बनाउनुको अर्थ, औचित्य र कम्युनिष्ट हुनुको गर्व महशुश गराउनेछ भन्ने हाम्रो विश्वास छ ।’

उपमहासचिव रिमालले पार्टीले संगठनलाई लयमा फर्काउने र २०८१ साललाई सांगठानिक सुदृढिकरण वर्षको रुपमा मनाउने शिलशिलेबर विषय राखेर रहस्यपूर्ण विशेष समारोह हुने भनिरहँदा अधिवेशनमा उपस्थितहरुले एमालेबाट फुटेर गएका कम्युनिष्ट पार्टीहरुको पुनः एकता हुने र नेपालमा सिंगो कम्युनिष्ट पार्टी बनाएर अगाडि बढाउन खोजिएको हो कि भन्ने लगायतका विभिन्न अड्कलबाजी गरिरहेका थिए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले २०४२ सालदेखि विशेष कमिटी निरन्तर आफ्ना काममा अगाडि बढिरहेको बताए । अहिलेपनि श्रमिकका समस्या समाधान भइनसकेकाले अब श्रमिक आफैंले श्रमिकका समस्या समाधान गर्न संगठन बलियो बनाउनपर्ने आवश्यकता रहेको उनले बताए ।

उनले नेपालभर सबैको आवाज मुखरित गर्ने पार्टी नेकपा एमाले बन्नेछ भन्ने शुभकामना दिए । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीले पछिल्लो समय सामाजिक सुरक्षा योजना कार्यबिधि संशोधन गरेर सामाजिक सुरक्षा कोषको मर्मलाई विकृत पार्ने कोशिष गरिएको आरोप लगाउँदै पार्टीले यसलाई श्रमिकमैत्री बनाउन पहलकदमी लिनुपर्ने बताए ।