डिप्रोक्स लघुवित्तको २२ औं वार्षिक साधारण सभा सम्पन्न

डिप्रोक्स लघुवित्तको २२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, चैत २५

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले यही चैत्र २५ गते आईतबार चितवनको सौराहामा आफ्नो २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले आ.ब. २०७९÷०८० को बार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८०÷०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शुन्य दशमलव ५२ प्रतिसत नगद लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस शेयर पश्चात संस्थाको चुक्ता पूँजी एक अर्व ७० करोड ६१ लाख ९६ हजार पुगेको छ ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २२ औं वार्षिक साधारण सभामा आ.ब. २०७९÷०८० को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारेका थिए । साथै सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए ।  राष्ट्रियस्तरको कार्यक्षेत्र भएको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ७३ जिल्लामा एक सय ५६ शाखा कार्यालय मार्फत २ लाख ६६ हजार घर परिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।