छुट्टाछुट्टै स्थानबाट अबैध लागूऔषधसहित सात जना पक्राउ

छुट्टाछुट्टै स्थानबाट अबैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं, चैत २५

बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित सोही नगरपालिका–५ बस्ने २२  वर्षीय विरेन्द्र रावललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । सिमा प्रहरी चौकी झूलाघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुनसरीको ईटहरी उपमहानगरपालिका–८ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय ५८ मिलिग्रामसहित सोही उपमहानगरपालिका–१७ पकली बस्ने १९ वर्षीय सनवाज महमदलाई शनिबार दिउँसो प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका–१ लसुनाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १९ ग्राम १ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने १७  वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मोरङको सुन्दरहरैचा नगरपालिका–८ सलकपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बस्ने २१ वर्षीय समिर बस्नेत र २९ वर्षीय प्रकास बिस्ट रहेका छन् । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्रामसहित २ जनालाई  शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–४ तुलापुर बस्ने २१ वर्षीय युवराज वली क्षेत्री र ३० वर्षीय कृष्ण बहादुर वली रहेका छन् । प्रहरी चौकी मोहम्मदपुरबाट खटिएको प्रहरीले भारतको लौकाही बोर्डरबाट गणेशपुरतर्फ पैदल आउँदै गरेका युवराजलाई २ सय ३० मिलिग्राम र कृष्णलाई ३० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।