सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली, चैत २५ 

तिनपाटन गाउँपालिका–३ जोगेस्थित सडकमा प्रदेश २ –०२–००३ प ३४८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बा.प्र ०१–००६ ख ४६१४ नम्बरको बसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट परोहा नगरपालिका–५ भिडियाहे बस्ने ३० वर्षीय दिपेन्द्र प्रसाद पटेलको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।