नेप्सेमा उच्च बृद्धि

नेप्सेमा उच्च बृद्धि

काठमाडौं, चैत २५

साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से उच्च अंकले बढेको छ । नेप्से आज २२ दशमलव ७५ अंकले बढेर दुई हजार २६ दशमलव ८१ अंकमा पुग्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९७ अंकले बढेर तीन सय ५९ दशमलव ४० अंकमा पुग्न सफल भएको छ । 

नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको ६४ हजार दुई सय २१ पटकको कारोबारमा एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब २५ करोड ६६ लाख ७६ हजार तीन सय ३३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा होटल तथा पर्यटन र टेडिङ समुहको सुुचक घटेका छन् । यि बाहेकका बाँणिज्य बेंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेका छन् । 

नेप्सेमा आज नेपाल फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने तारागाउँ रिजेन्सी होटलदे सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको संस्थापक सेयर भने आज सबै भन्दा किनबेच भएको छ ।